बिज्ञापन

‘एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु -सिताराम कट्टेल (भिडियो-सहित)

७२ साल बैसाख १२ को बिनासकारी भुकम्पपछि समाज सेवामा अहोरात्र खटिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे घरबार गुमाएकाहरुका लागि भगवानकै अवतार बनिदिए । उनीहरुले भुकम्प पिडितका लागि मात्र होईन धुर्मुस सुन्तली फाउन्डेसन को स्थापना गरी बाढी पिडितहरुका लागि पनि नमुना बस्ती निर्माणका लागि अगाडी बढे ।

उनीहरुको यो निस्वार्थ कामलाई देश तथा बिदेशमा रहेका नेपालीहरुले मन खोलेर सहयोग गरे । धुर्मुसले कतिपय अवस्थामा घाम पानी भनेन भने कतिपय अवस्थामा ज्यान बाजीसमेत लगाए । उता कुञ्जनाले आफनो दुधे बालक छोरीलाई समेत छोडेर समाजसेवामा लागिन् । उनीहरुको नमुना बस्ती अभियानमा धेरैले आफनो बिग्रिएको संसार पाए तर धुर्मुस सुन्तलीको उक्त काममा विभिन्न आरोपहरु पनि नआएको पक्कै होईन ।

पैसा हिनामिनाको आरोपहरु खेप्दै आएका धुर्मुसले आफुले एक पैसा पनि हिनामिना गरेको प्रमाण ल्याए मर्न तयार रहेको बताएका छन् । धमलाको हमलामा बोल्दै उनले भने “एक रुपैयाँ मात्रै पनि मैले खाएको रहेछु भने म मरे सरह हो ।” उनले रुदै भने पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भए पनि धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको दाबी गरेका छन् ।

हालसम्म देश–विदेशमा रहेका नेपालीबाट १७ करोड रुपैयाँ संकलन भएको र उक्त रकम बस्ती निर्माणका लागि सही तरिकाले खर्च भईरहेको बताएका छन् । तथापी धेरै नेपालीहरु धुर्मुुस सुन्तली फाउन्डेसनको काम र सेवाको सर्बत्र चर्चा र प्रशंसा हुने गरेको छ । – MidNeapal News

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button