बिज्ञापन

कतारमा सुन तस्करीमा संलग्न आठ जना पक्राउ

दोहा, कतार : गृह मन्त्रालयको अपराध अनुसन्धान विभागले कतारबाट सुन तस्करीमा संलग्न आठ व्यक्तिलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा मन्त्रालयले भिडियो पोस्ट गर्दै विभिन्न राष्ट्रका आठजनालाई अपराधमा पक्राउ गरिएको जानकारी दिएको हो।

भिडियोमा कतारी अधिकारीहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाड्न लागेका ती तस्करहरूलाई पहिचान कसरी गरियो र  पक्राउ गरियो भनेर पनि चित्रण गरिएको छ।

संदिग्धहरूलाई अधिकारीहरूले पक्राउ गर्दा थप धेरै मात्रामा सुनका टुक्राहरू फेला पारेका थिए।  अधिकारीहरूले कारबाहीका क्रममा थप सुनका टुक्रा, नगद, गरगहना र मोबाइल फोन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
39
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button