दोहा मेट्रो योजना २०२० भित्र पूरा हुने

सर्वसाधारणका लागि खुला हुनेगरी खाडी क्षेत्रकै सबैभन्दा द्रुत गतिको दोहा मेट्रो सन् २०२० भित्रमा नै सञ्चालनमा आउने भएको छ।प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख अब्दुल्लाह विन नासेर अल थानिले हिजो परियोजना अन्तर्गतको आर्थिक क्षेत्र स्टेसनको भ्रमण पछि सो जानकारी आएको हो।

भ्रमणको क्रममा प्रधानमन्त्री अल थानीले निर्माणाधीन क्षेत्रको अवलोकन,कम्पनीले २०१७ मा गरेको मुख्य उपलब्धिको समीक्षा सँगै भावी योजना बारे जानकारी लिएका छन्।

भ्रमणकै सिलसिलामा हिजो यातायात तथा सञ्चार मन्त्री जस्सिम विन सैफ अल सुलैतिको अनुसार दोहा मेट्रो योजनाको ७३ प्रतिशत निर्माण कार्य पूरा भइसकेको र मेट्रो २०२० सम्ममा पूर्णरुपमा सञ्चालनमा आउने सञ्चार माध्यमलाई बताएका छन्।

त्यस्तै भ्रमणको क्रममा प्रधानमन्त्री थानीले नयाँ ट्रेनमा बसेर इकोनोमिक जोन र ओकबा आईबीएन नाफिए स्टेसन क्षेत्र बीचको सुरुङ्ग मार्ग हुँदै अल वक्रा सम्मको यात्रा गरेका थिए।

निर्माण कार्य सम्पन्न भइसकेको इकोनोमिक जोन स्टेसन एफ रिङ रोड र अल वक्रा रोड बीचको इन्टरसेक्सनमा अवस्थित छ।यसको जम्मा १५ हजार यात्रु प्रतिघण्टा धान्न सक्ने क्षमता रहेको छ।सञ्चालनमा आएपछि यो कतारको आर्थिक क्षेत्र अन्तर्गत हमाद विमानस्थल नजिकै को रस बु फोन्तसको मुख्य यातायात केन्द्र रहनेछ।

१०० किलोमीटर प्रति घण्टा सम्म गुड्न सक्ने बिना चालकको नयाँ ट्रेन खाडी क्षेत्रकै सबैभन्दा द्रुत गतिको रहेको छ। यसले यात्रुहरुलाई छिटो,भरपर्दो र आरामदायी यात्रा प्रदान गर्नेछ।यसमा अत्याधुनिक सुविधा जस्तै डिजिटल मीडिया,समन्वित यात्रा,स्वचालित टिकट मेसिन,एसी लगायत समावेश छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button