पत्रकार महासंघ कतारको अधिवेशन हुँदै

नेपाल पत्रकार महासंघ कतार शाखाको छैठौं राष्ट्रिय अधिवेशन हुनेभएको छ।१२ तारिख शुक्रबार जेइदा पार्क नजिकैको कतार ग्रान्ड प्यालेस होटलको सभाहलमा दिउँसो ११:३० बजे कार्यक्रम हुने तय भएको हो।

कार्यक्रममा लागि प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष तथा एनआरएनए आईसीसीका सल्लाहकार गोविन्द आचार्य,महासचिव रमेश विष्ट र निवर्तमान उपाध्यक्ष खिल बहादुर भण्डारी कतार आइपुगिसकेका छन्।
लोकतन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता भन्ने नाराका साथ स्थापित महासंघको कतार शाखाले यस अधिवेशन बाट नयाँ कार्यसमिति चयन गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो