अमिरबाट सुडानको बाढीपीडितलाई ५ करोड रियाल सहयोग

अमिर शेख तमिम बिन हमाद अल थानीले सुडानमा भएको बाढीपीडितको सहयोगार्थ सुडानका लागि शान्ती नामक अभियानमा ५ करोड रियाल सहयोग गर्नुभएको छ । कतार टेलिभिजनमा आयोजित प्रत्यक्ष सहयोग कार्यक्रम मार्फत एकैदिन हिजो ८ करोड ९६ लाख रियाल भन्दा बढी रकम सहयोग उठेको छ ।
कतार च्यारिटी र कतार रेड क्रेसेंट सोसाइटीको सहकार्यमा रेड्युलेटरी प्राधिकरणका लागि नियामक प्राधिकरण र कतार मिडियाको सुपरिवेक्षणमा सञ्चालित सुडानका लागि शान्ति अभियान बाट सुडानमा हालसालै आएको विनाशकारी बाढीपीडितहरूलाई तत्काल राहत सहायता पुर्याउने उद्देश्य रहेको छ ।
स्थानीय बैंक, वित्तीय संस्था, निजी फर्महरू, स्वास्थ्य संस्था, समूहमा र ठूलो संख्यामा व्यक्तिहरूले अभियानमा सहयोग गरेका थिए । हिजो साँझ ९ देखि ११ बजे सम्म दुई घण्टा संचालित कार्यक्रममा ८,९६,६९,८१२ रियाल सहयोग जम्मा भएको छ।
अभियानका लागि प्रमुख दाताहरू ओरेडू र कतार नेश्नल बैंक दुबैले १०/१० लाख रियाल दिएका थिए । त्यस्तै अल खालिजी वाणिज्य बैंक, बर्वा बैंक, अल अहली बैंक, वाणिज्य बैंक कतार, कतार इस्लामिक बैंक, कतार ईन्टरनेशनल इस्लामिक बैंक र अल रायन बैंक प्रत्येकले ५ लाख रियाल सहयोग गरे।
अल जजीरा स्वास्थ्य सेवा समूहले १० लाख, अल वाक्रा (अल वाक्राका छोरा) का समूहले ६ लाख, व्यक्तिहरूको अर्को समूहले ७ लाख १५ हजार,अरब ईन्जिनियर ब्यूरोले १ लाख ५० हजार र कतारस्थित सुडानी चिकित्सक संघले १ लाख रियाल सहयोग गरेको छ ।
कतारका लागि सुडानका राजदूत अब्दुल अल रहीम अल सिद्दीग मोहम्मदले अभियानमा योगदान पुर्याएको अमिर शेख तमीम बिन हमद अल थानीलाई धन्यवाद व्यक्त गरेका छन्।
कतारले यसअघि पनि लेबनानको बेईरुत सहरमा भएको विस्फोटको घाइतेहरुको निमित्त सहयोग उठाएको थियो ।