भिजिट भिसामा आएकाहरु म्याद नथपी बस्न पाउने

!भिजिट भिसामा कतार आएर कोरोना भाइरसको महामारीका कारण स्वदेश फर्कन नपाएकाहरुले भिसाको म्याद नथपी वा जरिवाना नतिरी नै कतार बस्न पाउने भएका छन् ।
स्थानिय तथा आप्रवासीको आगमन र गमनका लागि जारी गरिएको २०१५ को कानून नम्बर २१ पालना गर्दै कतार आएर आफ्नो देश फर्कन नपाएकाहरुले कुनै प्रक्रिया नगरी बस्न पाउने भएको आन्तरिक मन्त्रालयले बताएको छ । त्यसकारण भिसाको म्याद थप्न वा शुल्क तिर्न नपर्ने मन्त्रालयले भनेको छ ।

कतारले अवस्था सामान्य भएको घोषणा गर्दै विमानस्थल खुलाएपछी भने भिजिट भिसामा आएकाहरुलाई कतार बाहिरिन दिईनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो