बिज्ञापन

दशैँ सकिएसँगै फेरि सुनसान भए गाउँ

म्याग्दी, कात्तिक ५-

शरद ऋतुको रमाइला दिन। उघ्रिएको आकाश। उत्तरतिर टलक्कै टल्किएका हिमाल। खेतैभरि लहलह धान खेत। झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन्। खुशीयाली छाएको छ। तर, वास्तविकता त्यस्तो कहाँ छ र१

गाउँको रौनक यहाँका युवासँगै बाहिरिएको छ। वयोवृद्ध मात्र छन् गाउँमा। दशैँ मनाउन गाउँ आएका युवा कार्यक्षेत्र फर्किसकेका छन्। उनीहरुसँगै गाउँको रौनक फेरि हराएको छ। दसैँमा आएकाहरु शहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चरा साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ।

उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका(२ बगरफाँटका मनबहादुर घिमिरे दशैँका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दशैँ पछि फर्केपछि फेरि उनी एक्लै भएका छन्। श्रीमतीको मृत्युपछि एक्लै रहेका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन। एउटै कमी भनेको आफ्ना सन्तान साथमा नहुनु हो।

उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन्। तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान चाहँदैनन्। मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि। उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरा गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन्।

अध्ययन, रोजगार तथा विभिन्न कामले शहरी क्षेत्र बस्दै आएकाहरु दशैँ मनाउन गाउँ आएका थिए। चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका(२ रणबांगका हरिकृष्ण पौडेलले बताए। ‘केही दिन गाउँघरमा निकै रमाइलो भयो। देश विदेशका आफन्तसँगको भेटघाटले दिन बितेको पत्तै भएन’,उनले भने, ‘दशैँ सकिएसँगै गाउँ आएकाहरू फर्किन थाले। हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो।’

म्याग्दीका छ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा धान, कोदो भित्र्याउने समय भएको छ। गाउँमा मानिसहरु खासै छैनन्। कृषिमा जनशक्तिको अभाव भएपछि जमिन बाँझै राख्न किसान बाध्य छन्।

बेनी नगरपालिका–२ का नारायण सापकोटा भन्छन्, ‘दशैँको समयमा गाउँमा जत्तिको रमाइलो कहीँ भएन। दशैँ सकिएसँगै गाउँ खाली भयो। अहिले गाउँमा युवा पुस्ता देख्नै मुस्किल छ। बूढाबूढी र बालबालिकाबाहेक अरू देखिँदैनन्।’

गाउँका अधिकांश पोखरा, काठमाडौँ, बुटवल, चितवन, बेनीलगायत ठूला सहरमा बसाइँ गएको धौलागिरि गाउँपालिका(७ ताकमका हेम सुवेदीले बताए। गाउँमै गुणस्तरी शिक्षा, स्वास्थ्य र सञ्चारको राम्रो सुविधा भए बसाइँ जाने क्रम घट्ने मालिका(२ की मीना पुनको अनुमान छ।

एक दशकअघिसम्म मालिका(५ देवीस्थान गाउँमा खेतीपाती गरेरै जीवन निर्वाह गर्ने धेरै थिए। अचेल हुने खानेहरु सबै बजार झर्न थालेको देवीस्थानका टेकबहादुर बूढामगरले बताए। धेरैको रोजाइ शहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमाराले भरिएको उनको भनाइ छ।

सदरमुकाम बेनीसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन। यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावना छन्। तर यहाँका अनेकौं सम्भावनाप्रति स्थानीय युवाको रुची छैन। युवा अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायतका मुलुक पुगेका छन्।

वैदेशिक रोजगारीका लागि साउदी अरब, कतार, यूएई पुगेका छन्। बचेका युवा शहरतिर छन्। दशैँ मनाउन जापानबाट पाँच जना आउँदा गाउँको रौनक बेग्लै भएको स्थानीय सुनिल थापाले बताए।

नौ वर्ष जापान बसेर गाउँ फर्किएका थापा अहिले गाउँमै व्यवसाय गरेर बसेका छन्। उनीसहित १२ युवा मात्रै हाल गाउँमा छन्। तीमध्ये सात जना वैदेशिक रोजगारीका लागि जाने तयारीमा छन्। गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाको सङ्ख्या दुईसय भन्दा बढी छ। महिला र बालबालिका छन्।

‘गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु देखिँदैनन्। मर्दापर्दा, दुःख विमार हुँदा खै खबर गर्ने मान्छे गाउँमा छैनन्’, ७४ वर्षिय टेकबहादुर कार्कीले भने।

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ छ। २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसंख्या एक लाख १३ हजार ६४१ थियो। पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार ८८० रहेको छ। यसैगरी परिवारको औसत आकार ३।७१ प्रतिशते छ भने लैङ्गिक अनुपात प्रति सयजना महिलामा पुरुषको सङ्ख्या ९५।०३ प्रतिशत छ।

जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास छ। वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस ०।५७ प्रतिशत रहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ।

जनगणनामा अनुपस्थित ९विदेशमा बस्ने० जनसङ्ख्यातर्फ कुल परिवार संख्यामध्ये आठ हजार ३२० रहेकामा जनसङ्ख्या भने १० हजार ७६६ रहेको तथ्याङ्कले देखाएको छ। जसमध्ये पुरुष आठ हजार ९६१ र महिला १८ सय पाँच रहेका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button