आज जनवरी २० तारिख। शनिबार। माघ ६ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी २० तारिख। नेपाली मितिःवि.सं. २०७४ साल माघ ६ गते। शनिबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– तृतीया, १२:०६ बजेउप्रान्त चतुर्थी। नक्षत्र– शतभिषा, २७:३८ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– व्यतीपात, १०:२४ बजेउप्रान्त वरियान्। करण– गर, १२:०६ बजेदेखि वणिज, २४:३१ बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग।चन्द्रराशि– कुम्भ।
दोहामा सूर्योदयः ०६:२० बजे र दोहामा सूर्यास्तः १७:०८ बजे हुनेछ ।
राहुकालः ०९:०४ बजे देखी १०:२४ बजे सम्म । शुभ मुहूर्त : ११:२३ देखि १२:०६ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २५ डिग्री र न्युनतम तापक्रम ११ डिग्री सेल्सियस बिच रहने छ ।
बिहान पख कुहिरो लागेतापानी बिस्तारै हट्दै जानेछ भने दिउँसो पख केही ठाउँमा बादल रहने र राती जाडो रहनेछ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९७ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १३ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.०० कतारी रियाल रहेको थियो ।