कलाकार निरु खड्कालाइ फेरि कुटे श्रीमानले
कलाकार निरु खड्काले कलाकारिता क्षेत्रमा लागेकै कारण पतिसँग बेलाबेला झगडा पर्ने गरेको बताउने गरेकी छिन् । पछिल्लो समय फेरि पनि पतिले कुटपिट गरेको बताएकी छिन् । उनले सो विषयलाई लुकाउन सकिनन् ।
निरुले पतिले आफूलाई कुटपिट गरेको स्वीकार गरेकी छिन् । कुटपिटको यो घटना नौलो भने होइन । उनीहरूका बीच बेलाबेला झगडा परेका कुराहरू आइरहन्छन् । झगडा कै कारण निरु र उनका पति नरोत्तम गौतमबीच पटक पटक डिभोर्ससम्म कुरा पुगी सकेका छन् ।
मेरी बास्सै, जिरे खुर्सानी जस्तो टेलिफिल्ममा अभिनय गरेकी निरु र उनका पति गौतमबीच धेरै पटक असमझदार हुँदा कुटपिटको घटना भएको बताइन्छ । त्यति मात्रै होइन झगडा पर्दा निरुले काठमाडौंमा रहेको दराज समेत फुटाउने गरेको स्वीकार गरेकी छिन् ।
लभ म्यारिज गरेकी निरुलाई छिमेकी र आमाको कुरा सुनेर हिंसा गर्ने गरेको आफन्तहरूको भनाइ छ । – FilmyBazar