नेपाल सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्यो

मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ। कानूनमन्त्री यज्ञबहादुर थापाले बताए अनुसार प्रदेश नम्बर को केन्द्र विराटनगर, को जनकपुर, को हेटौंडा, को पोखरा, को रुपन्देही, को सुर्खेत को धनगढी तोकिएको छ।

प्रदेश प्रमुखहरु पनि तोकिएका छन् ।

प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा,
प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ,
प्रदेश नम्बर ३ मा अनुराधा कोइराला,
प्रदेश नम्बर ४ मा बाबुराम कुँवर,
प्रदेश नम्बर ५ मा उमाकान्त झा,
प्रदेश नम्बर ६ मा दुर्गा खनाल र
प्रदेश नम्बर ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button