नेपलिज कन्सर्ट हुने

र्याडिसन ब्लु होटलको प्रस्तुतिमा लामो समयपछि कतारमा पप विधाको नेपाली कन्सर्ट हुनेभएको छ। ख्यातिप्राप्त नेपाली गायकहरुको साथमा “नेपलिज कन्सर्ट” नाम दिइएको यस सांगीतिक कार्यक्रम फेब्रुअरी ९ तारिख को दिन होटलको गिवाना बल रूममा बेलुका ७ बजे बाट शुरू हुनेछ। कार्यक्रमको लागि टिकट दर १०० रियाल तोकिएको छ।
कार्यक्रममा चर्चित पप गायक सुगम पोखरेल,र्यापर अभिनाश घिसिङ र नायिका सुष्मा कार्कीको प्रस्तुति रहनेछ। कार्यक्रम सञ्चालन भिजे विवेकले गर्नेछन्। कार्यक्रम बारे थप जानकारी लिन तथा टिकट बुकिङ गर्न ४४२८१५५५,५४३७८१७ र ७४७७७४८५ मा सम्पर्क गर्न सकिनेछ।

कार्यक्रम हेर्न आवश्यक कुराहरू
१. सक्कल कतारी आईडी चाहिने।
२. हाल्फ पाईन्ट र चप्पलमा आउन नपाउने।
३. २१ वर्ष भन्दा माथि हुनुपर्ने।
३. अनिवार्य रुपमा टिकट चाहिने।