कतारकै सबैभन्दा लामो रोडको उद्घाटन गरियो

देशको प्रमुख रोड सङ्ग पहुँच भएको कतारकै सबैभन्दा लामो रोडको उद्घाटन गरिएको छ । बिहिबार एक कर्यक्रम आयोजना गरि १९५ किलोमिटर लामो राजमार्गको सुचारु समेत गरिएको हो । पहिले अर्बिटल रोड भनेर चिनिने यस राजमार्गलाई अब आधिकारिक रुपमा अल मज्द रोड भनिनेछ ।

प्रधान तथा आन्तरिक मन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानी बाट उद्घाटन गरिएको सो रोडको अल उकेर,जि रिङ रोड,सल्वा रोड,अल सैलिया,दुखान लगयतका देशको प्रमुख रोड सङ्ग पहुँच रहेको छ । यसमा जम्मा १८ वटा ईन्टरसेक्सन रहेको छ । रोड आत्याधुनिक प्रबिधि संगै  उच्च तह मापदण्डमा निर्माण गरिएको छ ।

मेसाइद देखि रस लाफान र अल खोर हाईवे सङ फैलिएको यो रोड जम्मा १९५ किलोमिटर  रहेको छ । यसले ३० स्थानका आवासीय क्षेत्र,आर्थिक सुबिधा संगै विश्वोकप रंगशाला सम्मको सेवा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button