अमिर साउदी अरेबिया प्रस्थान

उत्तरी सहर अल उलामा आज हुने ४१ औं गल्फ कर्पोरेशन काउन्सिल जिसिसी सम्मेलनमा भाग लिन कतारका अमिर शेख तमिम बिन हमाद अल थानी साउदी अरेबिया प्रस्थान गर्नुभएको छ ।
कुवेतको अमिर शेख नवाफको प्रस्तावमा साउदी अरेबियाले कतारका लागि हवाई,भुमि तथा समुन्द्री नाका खोल्ने सहमति जनाए लगत्तै सम्मेलनमा अमिरको सहभागिता पक्का गरिएको थियो । सम्मेलनमा कतारका अमिर सहित, अमेरिकी सल्लाहकार तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जरेद कुश्नर लगायत जिसिसी राष्ट्रका प्रमुखहरुको पनि सहभागिता रहनेछ ।
नाकाबन्दीको अन्त्य: ऐतिहासिक दिन
सन् २०१७ देखि साउदी अरेबिया,युएई,बहराइन र इजिप्टले कतारसंग सम्बन्धविच्छेद गर्दै लगाएको नाकाबन्दी आज देखि अन्त्री हुने लगभग पक्का देखिएको छ । यसका लागि कर्पोरेशनका सबै प्रमुखले जिसिसी एकता फर्कने ऐतिहासिक दिन हुने बताएका छन् ।

नाकामा शून्य चहलपहल
कुवेतले नाका खुल्ने घोषणा गरे यता अहिले साउदी अरेबिया र कतार बीचको अबु सम्रा नाका सुनसान देखिएको छ । नाका पार गर्न केकस्ता नियम राखिएको बारे हालसम्म स्पस्ट कुरा बाहिर आएको छैन ,यद्यपि कोभिड-१९ का कारण कतारले साउदी अरेबियाका नागरिक बाहेक अन्यलाई सोझै प्रवेश नदिने अल जजिराले लेखेको छ ।