अमेरिकी सरकार आर्थिक संकटमा ,लाखौं संघीय कर्मचारी घरमै बस्नुपर्ने खतरा

अमेरिकी सरकारले माथिल्लो सदन ‘सिनेट’मा नयाँ बजेट पारित हुन नसकेपछि आफ्ना विभिन्न कामकाज बन्द गर्न थालेको छ । संघीय निकायहरुलाई रकम उपलब्ध गराउनेसम्बन्धी विधेयक सिनेटले अस्वीकृत गरेपछि कामकाज नै ठप्प हुने अवस्था आएको हो । विधेयक पारित नभएसँगै अत्यावश्यकबाहेकका अमेरिकी संघीय निकायका लाखौं कर्मचारीलाई बेतलबी बिदा दिइनेछ ।

ह्वाइट हाउस र कंग्रेसमा एउटै पार्टी रिपब्लिकनको नियन्त्रण रहँदा पनि सरकारी कामकाज ठप्प भएको हो । यसअघि, सन् २०१३ मा यस्तो स्थिति १६ दिनसम्म रहेको थियो । विधेयक पारित गर्न आवश्यक ६० मत जुटाउन नसक्दा दुवै सदनमा रहेको बहुमत पनि सरकारका लागि काम लागेन ।

अर्को महिनासम्म संघीय निकायहरुलाई खर्च उपलब्ध गराउने विधेयक पारित गराउन रिपब्लिकनलाई डेमोक्र्याट्सहरुको पनि समर्थन आवश्यक थियो । विधेयक असफल भएपछि ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले आफ्ना अनैतिक मागहरु पूरा गराउन डेमोक्र्याट्सले राखेको अनुचित लेनदेनको शर्त अस्वीकार गर्दा विधेयक पारित नभएको प्रतिक्रिया दिइन् ।

डेमोक्र्याट्सहरुले राष्ट्रिय सुरक्षा, सैनिक परिवार, संकटापन्न अवस्थाका बालबालिका र मुलुकको कार्य गर्ने क्षमतामाथि नै तल्लोस्तरको राजनीति गरेको आरोप स्यान्डर्सको छ । तर, डेमोक्र्याट्स नेता चक सुमरले भने दुई दलबीच भएको सहमति कार्यान्वयन गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प इमान्दार नबन्दा विधेयकका पक्षमा पार्टी उभिन नसकेको प्रस्ट गरेका छन् ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट १९७ काविरुद्ध २३० मतले पारित विधेयक सिनेटमा भने एक मतले विफल भएको हो । विपक्षमा ५० मत आउँदा पक्षमा ४९ मतमात्र परेको थियो । पाँच डेमोक्र्याट्स सांसदले समर्थन गर्दा स्वयं ट्रम्पकै पार्टी रिपब्लिकनका पाँचैजना सांसद विपक्षमा उभिए । डेमोक्र्याट्सहरुले आप्रवासनसम्बन्धी कानुनमा सहमतिका लागि अडान राखेका थिए भने केही रिपब्लिकन पनि यसमा सहमत भएका थिए । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button