कतारको सम्पति कब्जा गर्न नाकाबन्दी : शेख अब्दुल्लाह

युएईले केहि दिन अघि बन्धक बनाएको कतारी राजपरिवारका सदस्य शेख अब्दुल्लाह बिन अलि अल थानीले महिनौ देखि जारी नाकाबन्दी साउदी अरेबिया र युएई मिलेर कतारको सम्पति कब्जा गर्न शुरू गरिएको आरोप लगाएका छन्।

नाकाबन्दीको अघिल्लो समयमा युएई र साउदी अरेबियाले शेख अब्दुल्लाहलाई कतार सरकार विरुद्ध बोल्न प्रयोग गरेको थियो।गत वर्षको जुन देखि शुरू भएको छिमेकी राष्ट्रहरूको नाकाबन्दी यता साउदी र युएईको राष्ट्रिय टिभी च्यानलको कार्यक्रमहरुमा उनले कतार विरुद्ध बोल्दै आइरहेका थिए।

जनवरी १५ मा अल जाजिराले प्राप्त गरेको एक अडियो अनुसार ती छिमेकी राष्ट्रहरूले उनलाई निकै नै दबाबमा राखेकाले उनले आफ्नो जिन्दगी नै अन्त्य गर्ने निर्णयमा पुगेको बताएका छन्।जारी खाडी समस्या मोहम्मद विन जाएद(अबुधाबी राजा) र मोहम्मद विन सलमान(साउदी राजा) दुवैले आफूखुसी कतारको सम्पति खोस्नका लागि मात्र गरेको बताएका छन्।उनले कतारलाई सावधान रहेर आफ्नो राज्य प्रति अडिग बस्न पनि सुझाव दिएको अल जजिराले लेखेको छ।

केही दिन अगाडि शेख अब्दुल्लाहले आफूलाई युएईले बन्धक बनाएर राखेको र आफूलाई केही भए युएईले त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै भिडियो सार्वजनिक गरेका थिए।चौतर्फी विवाद पछि उनी कुवेत लागेका थिए।नाकाबन्दीको समयमा उनी साउदी राजपरिवार सँग निकट रहेर त्यही बस्दै आइरहेका थिए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button