२०२२ विश्वकपको सबै खेलहरु कतारमै हुन्छ : आयोजक

सन् २०२२ हुने विश्वकपको सम्पूर्ण खेलहरु कतारमै हुने आयोजक कमिटीका प्रमुखले बताएका छन्।जारी खाडी समस्याले गर्दा विश्वकपको खेलहरु अन्य देश संग समन्वय गर्ने शंका चलिरहँदा कतारबाट यस्तो प्रतिक्रिया आएको हो।

आठ महिना यता देखि जारी नाकाबन्दीका बावजूद विश्वकपको तयारी योजना अनुरुप नै भईरहेको आयोजक कमिटीका प्रमुख हस्सन अल थवडीले बताएका छन्।”विश्वकप २०२२ को आयोजक कतार मात्रै हो र तोकिएको ८ रंगशालामा नै प्रतियोगिताको ६४ खेलहरु सञ्चालन हुनेछन्”,थवडीले एएफपी लाई भनेका छन्।
खाडी समस्याले गर्दा विश्वकप अन्य देश विषेशगरी ईरान सँग समन्वय गर्ने हल्लाको विरुद्ध थवडीले प्रतिक्रिया दिएका हुन्।सन् २०२० सम्म सबै रंगशाला तयार हुने र खेल आयोजना गर्ने स्थानको फैसला फिफाले गर्ने उनले बताएका छन्।त्यस्तै प्रतियोगिता हेर्न आउने विश्वभरका दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै एक लाख भन्दा बढी कोठा उपलब्ध गराउने र ती कुनै पनि आप्रवासी कामदारको क्याम्पमा समावेश नहुने उनले स्पष्ट पारेका छन्।