आज जनवरी २१ तारिख। आइतबार। माघ ७ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी २१ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल माघ ७ गते। आइतबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्थी, १२:४७ बजेउप्रान्त पञ्चमी। नक्षत्र– पूर्वभाद्रपदा, २८:३२ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– वरियान्, ९:४६ बजेउप्रान्त परिघ। करण– भद्रा, १२:४७ बजेदेखि वव, २४:५६ बजेउप्रान्त वालव। आनन्दादिमा चर योग। चन्द्रराशि– कुम्भ, २२:२१ बजेउप्रान्त मीन।
दोहामा सूर्योदयः ०६:२० बजे र दोहामा सूर्यास्तः १७:०९ बजे हुनेछ ।
राहुकालः १५:४५ बजे देखी १७:०७ बजे सम्म । शुभ मुहूर्त : १३:०६ देखि १४:३६ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २१ डिग्री र न्युनतम तापक्रम १५ डिग्री सेल्सियस बिच रहने छ ।
बिहान पख कुहिरो लागेतापानी बिस्तारै हट्दै जानेछ भने दिउँसो पख केही ठाउँमा बादल रहने र राती जाडो रहनेछ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९७ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १३ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.०० कतारी रियाल रहेको थियो ।