आज जनवरी २२ तारिख। सोमबार। माघ ८ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ जनवरी २२ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल माघ ८ गते। सोमबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, १२:५७ बजेउप्रान्त षष्ठी। नक्षत्र– उत्तरभाद्रपदा, २८:६ बजेउप्रान्त रेवती। योग– परिघ, ८:४५ बजेउप्रान्त शिव। करण– वालव, १२:५७ बजेदेखि कौलव, २४:५० बजेउप्रान्त तैतिल। आनन्दादिमा गद योग। चन्द्रराशि– मीन।
दोहामा सूर्योदयः ०६:२० बजे र दोहामा सूर्यास्तः १७:१० बजे हुनेछ ।
राहुकालः ०७:४४ बजे देखी ०९:०४ बजे सम्म । शुभ मुहूर्त : ०९:०५ देखि १०:२५ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २२ डिग्री र न्युनतम तापक्रम १४ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २७ रुपैंयाँ ९७ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ १४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६५.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५५.०० कतारी रियाल रहेको थियो ।