बिज्ञापन

आज १,६३२ जनामा भाइरस देखियो

पछिल्लो २४ घण्टामा ४,८६६ जनामा गरिएको परिक्षणमा थप १,६३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ५८२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ३२,६०४ पुगेको छ ।

 

हालसम्म ४,३७० जना निको भएर घर फर्किएका छन् भने १,४२१ जनाले अस्पातलमा स्वास्थ्य सेवा लिइरहेका छन्  । जम्मा १६५ बिरामी मध्ये गएको २४ घण्टामा थप १८ जनालाई आइसीयुमा भर्ना गरिनुका साथै २७,१६९ जना उपचारत छन् । आज सम्म १,५७,५७० जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १५ जनाको मृत्यु भईसकेको छ ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौ
कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button