राष्ट्रिय सभाको मनोनयन दर्ता सकियो, १७ सदस्य निर्विरोध निर्वाचित, यी उम्मेद्वारबीच हुँदैछ प्रतिस्पर्धा

राष्ट्रिय सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ ।

आउँदो माघ २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभामा ५६ सदस्य मध्ये १७ जना सांसदहरु आज निर्विरोध निर्वाचित भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । आज सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ ।

 उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा केही सांसदहरु निर्विरोध बनेका छन् भने प्रदेश ३, ४ र ६ मा पूरै ८÷८ वटै सिटमा चुनाव हुनेछ ।

राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button