दूतावासमा कर्मचारीको आवश्यकता

कतारस्थित नेपाली राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत अफिस सेक्रेटरी पद करारमा नियुक्ति गर्नुपर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मिति २२ जनवरी बाट १५ दिन भित्र दरखास्त दिन दूतावासले सूचना प्रकाशित गरेको छ ।

कतारमै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज हाल कार्यरत कम्पनीबाट रिलिज पेपर समेत संलग्न गरी राजदूतावासमा स्वयं उपस्थित भई दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि खबर गरिने  दूतावासले जनाएको छ।

 आवश्यक योग्यता

  • पद/संख्याः अफिस सेक्रेटरी – १

योग्यताः अंग्रेजी  र अरेबिक राम्रोसंग लेख्न र बोल्न सक्ने । कतार सरकारको श्रम कानूनको राम्रो ज्ञान भएको। मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा उच्च माध्यमिक तह उतीर्ण गरेको र अनुभवीलाई विशेष ग्राह्यता दिईने ।

दूतावास जाने बाटो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button