भोलि बाट जाडो बढ्ने

मौसम विभागले भोलि बाट जाडो बढ्ने जानकारी गराएको छ।शनिबार राति देखि सोमबार सम्म चल्ने साइबेरियन उच्च चाप प्रक्रियासंगै पश्चिमोत्तरीय कडा हावाहुरीको असरले तापक्रममा गिरावट आउने भएको हो। जाडो विषेशगरी आईतबार देखि हप्ताको अन्त्य सम्म रहने विभागले बताएको छ।सो समयमा दोहाको तापक्रम २१ देखि ११ डिग्री सेल्सियस बीच रहने र देशको दक्षिणी भूभागमा रातको समयमा न्यूनतम तापक्रम ५ डिग्री सम्म झर्नेछ।

त्यस्तै वायुको गति विशेषगरी आईतबार ६४ किलोमिटर प्रति घन्टा सम्म रही धूलो उड्ने र प्रत्यक्षता २ किमी भन्दा तल रहने विभागको चार्टमा उल्लेख छ । यस समयमा विभागले समुन्द्री क्रियाकलापहरु नगर्न र विभागको सामाजिक सञ्जाल मार्फत अपडेट लिन आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो