कम्युनिष्टहरु सरकार बनाउन सक्षम छन्, देश चलाउन होइन्ः नेता खाँण

पूर्व रक्षा मन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले कम्युष्टिहरुले मोर्चा बन्दी गरेर सरकार बनाउन सक्षम बने पनि सरकार चलाउन सक्षम नभएको बताउनुभएको छ ।
नेपाली काँग्रेस चितवनको आयोजनामा आज भरतपुरमा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता खाँणले कम्युनिष्टहरु मोर्च बनाउन अग्रभागमा रहेपनि सरकार सचालनको हकमा सधै असक्षम ठहरिएको दावी गर्नुभयो । कम्युनिष्टहरु सरकारमा हुँदा २०६४ सालको पहिलो संविधान सभाबाट संविधान नबनि विघटन भएको उदारण दिदै नेता खाँणले काँग्रेसले हार्दा देश हार्ने गरेको बताउनुभयो । “काँग्रेसले जित्दा देशले संविधान पायो, हार्दा संसद विघटन भयो, देशलाई अघि बढाउन काँग्रेसको काधमा ठूलो जिम्मेवारी छ”–नेता खाँणले भन्नुभयो ।
खाँणले गत निर्वाचनको परिणाम माथिलो तहको नेताहरुको गल्ती रहेको भन्दै कार्यकर्ताहरुमा दोस नरहेको समेत स्पष्ट पानुभयो । पार्टीले कार्यकर्ताहरुलाई आज के गछौं र भोलि के हुन्छ भन्ने कुरा स्पष्ट पार्न नसक्दा कम्युनिष्टहरु बढ्दै गएको समेत बताउनुभयो । कार्यक्रम जिल्ला सभापति जितनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।