कतारी खेलाडी माथी भएको दुर्ब्यबहारको एएफसीले छानबिन गर्ने

कतारी खेलाडीहरु माथी भएको दुर्ब्यबहार प्रती एसियन फूटबल कन्फिडेरसन ( एएफसी ) ले अनुसन्धान गर्ने भएको छ । मङलबार भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र युएईका समर्थकहरुले कतारी  खेलाडीहरु माथि पानीको बोतल , चप्पल लगायत प्रहार गरेका थिए । सो खेलमा युएई कतार सङ्ग ४-० गोल अन्तरले पराजित भएको थियो।

“मङलबार मोहम्मद बिन जाएद रंगशालामा भएको सेमिफाइनल खेलको घटना  बारे एएफसी ले छानबिन गर्दैछ ,” एक एएफसी प्रवक्ताले बताएका छन्  ।

खेल अघि नै युएईका समर्थकहरुले सिटी बजाउँदै हल्ला गरी कतारी राष्ट्रिय गान गाउन अवरोध पुर्याएका थिए। त्यस्तै हर्कतले अक्रम अफिफले कर्नर हान्न पनि कुर्नुपरेको थियो। अझ सलेम अल हज्रीले तेस्रो गोल मनाउने क्रममा उनको टाउकोमा चप्पल लागेको थियो। त्यस्तै कतारी गोलकिप्परको बक्स वरपर पानीको बोतलको बर्षा भएको थियो।

खेलमा कतारी समर्थकलाई प्रवेश नदिन युएईले ४२ हजार सिट क्षमता भएको रंगशालाको टिकट किनेर युएई आइडी भएकालाई निशुल्क बाडेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button