साउदी अरेबिया र युएईले कतारसँग फुटबल खेल्नै पर्ने : एएफसी

साउदी अरेबियाको फुटबल टिमहरुले नाकाबन्दीका बावजूद एसियन च्याम्पियन लिग अन्तर्गत कतारसँग खेल खेल्न पर्ने भएको छ।एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा घरेलु तथा अन्तराष्ट्रिय आधारमा हुने क्लबस्तरीय प्रतियोगितामा यसअघि साउदी अरेबियाले कतार संग हुने खेल अन्य देश संग सार्न माग गरेको थियो।

मलेसियामा हिजो बसेको एएफसीको बैठकमा खेल अनिवार्य खेल्न आवश्यक रहेको निष्कर्ष पछि साउदी अरेबिया र युएई प्रतियोगितामा भाग लिने र कतारी टिमको आयोजना गर्न सहमतिमा आएको हो।प्रतियोगिताको लागि स्वतन्त्र सुरक्षाको मूल्यांकन पश्चात मात्र सो निर्णय लिएको एएफसीले बताएको छ।प्रतियोगितामा भाग लिने सहमति जनाएपनि आयोजक कमिटीमा कतार रहेका कारण उक्त निर्णय आएको भन्दै साउदी र युएईले असन्तुष्टि जनाएको छ।
प्रतियोगितामा कतारी क्लब अल दुहैल समूह “बि” मा युएईको अल वाहदा,अल साद समूह ‘सी’ मा युएई कै अल वस्ल र अल रय्यान समूह ‘डि’ मा साउदी अरेबियाको अल हिलाल कल्ब सँग परेको छ।प्रतियोगिता फेब्रुअरी १२ तारिख बाट शुरू हुँदैछ। खेल्नै