३४ जिल्लामा उल्लासका साथ मतदान सुरु

From Ekantipur
ऐतिहासिक स्थानीय तह निर्वाचनअन्तर्गत मतदान भइरहेको छ । बिहान सात बजेबाट सुरु भएको मतदान आज अपरान्ह ५ बजेसम्म चल्नेछ । नयाँ संविधानले गरेको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन पहिलो पटक हुन लागेको हो ।३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा रहेका २८३ स्थानीय तहमा नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । ठूलो उत्साहका साथ मतदाता मतदानमा सहभागी भइरहेका छन् । ६, ६४२ मतदान केन्द्रमार्फत ४९ लाख ५३ हजार नौ सय २५ मतदाताले नयाँ नेतृत्व चयन प्रक्रियामा भाग लिइरहेका छन् ।यो निर्वाचनबाट १३ हजार पाँच सर ५६ जनप्रतिनिधि चयन हुँदैछन् । त्यसमध्ये तीन सय २९ जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । पहिलो चरणको निर्वाचन हुन लागेका ३४ जिल्लाअन्तर्गत देशमा रहेका सबै ४ महानगरपालिकामा पनि मतदान सुरु भएको छ । ३४ जिल्लामा रहेका ४ महानगरसहित एक उपमहानगर, ९२ नगरपालिका तथा १८६ गाउँपालिकाका मतदान केन्द्रमा सात बजेबाटै मतदान सुरु भएको  खबर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गरे भरतपुरमा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका ४ नम्बर वडाको लक्ष्मि माध्यमिक विद्यालयमा रहेको केन्द्रमा पुगेरमा मतदान गरेका छन् । मतदान सकेर बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले जनताको सहभागिता अपेक्षा गरेको भन्दा बढी पाइएको बताए ।भरतपुर महानगरमा दाहाल पुत्री रेणु दाहाल मेयरकी उमेदवार छन् । जहाँ नेपाली कांग्रेसले पनि उनलाई समर्थन गरेको छ ।चितवनमा अहिले फाटफुट वर्षा भएपनि मतदाता छाता ओडेर मतदान गर्न लाइनमा छन्। भोट हालेलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आजको निर्वाचन शान्तिपूर्ण रुपमा सफल हुने बताएका छन्। उनले सबैखाले अन्यौलहरु समाप्त भएको बताउँदै भोट हाल्न आह्वान समेत गरेका छन्।

टेम्पो चढेर मतदान गर्न पुगिन् महानगरको मेयरकी उम्मेद्वार रञ्जु दर्शना

देशकै राजधानी काठमाडौँ महानगरको मेयरकी उम्मेद्वार रञ्जु दर्शना मतदान स्थलमा टेम्पो चढेर पुगेकी छीन् । निर्वाचन आयोगले उम्मेद्वारका लागि मतदान दिन सवारी सञ्चालनका लागि पासको व्यवस्था गरेको मा  रञ्जुले पास नै टेम्पोका लागि लिएकी थिईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button