‘निजामती कर्मचारी ऐन संशोधनमाथि छलफल सुरु’

चितवन, मङ्सिर २४-

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कमचारी ऐन संशोधनका लागि परेको विधेयकमाथि छलफल सुरु भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतबारबाट संशोधन कर्ता माननीयसँग राज्य व्यवस्था समितिमा छलफल सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजसम्म सात जनासँग छलफल भइसकेको छ । एक हजार पाँच सय ८३ वटा संशोधन परेको छ । सबै विषयमा नियमित छलफल हुन्छ ।”

आगामी अधिवेशनमा ऐन संशोधनका लागि संसद्मा पेस गर्ने गरी सरकारले काम गरेको उहाँले बताउनुभयो । मन्त्री गुप्ताले भन्नुभयो, “नौ वर्षदेखि अड्किएको विधेयकको विषयमा द्रूत गतिमा काम हुन्छ ।” यसले गर्दा कर्मचारीको मनोवल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button