कतार बाट आर्थिक सहयोग

कतार वैदेशिक युवा समूह उर्लाबारी दुईले धिमाल जाति विद्यार्थी छात्रवृत्ति अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ। उर्लाबारी वडा न. २ का वडाअध्यक्ष राजन कडेलले सहयोग रकम धिमाल जाति विकास केन्द्रका महासचिव केदार धिमाललाई चौध हजार आठ सय पच्चीस रुपैंया नगद हस्तान्तरण गर्नुभएको छ। कतारबाट कतार वैदेशिक युवा समुहका उपाध्यक्ष याम धिमालको पहलमा समुहको तर्फबाट,व्यक्तिगत तथा अन्य नेपालीहरुबाट रकम संकलन गरि समुहका पूर्व सचिव सुरेन्द्र खनाललाई पठाउनु भएको थियो।

समूहले यो भन्दा पहिले पनि सोही स्थानको २ नम्बर वडामा आर्थिक सहयोग गरेको थियो। कतार वैदेशिक युवा समुहले कतारमा कार्यरत नेपालीहरुलाई विभिन्न सहायता उपलब्ध गराउँदै आएको समुहका पूर्व सचिव सुरेन्द्र खनालले बताउनु भयो। साथै उर्लाबारी २ नम्बर वडाका अध्यक्ष राजन कडेंलले कतारमा कार्यरत सम्पुर्ण नेपालीहरुलाइ समुहमा आवद्ध भई सामाजिक कार्यमा हातेमालो गर्न र अन्य देशहरुमा पनि यस्तै समूह स्थापना गरि अगाडि बढ्न विदेशमा कार्यरत वडा बासीहरुलाई अनुरोध गर्नुभयो।