कतारले अमेरिकी आर्मी बेस क्याम्प बढाउने

कतार अमेरिकाको सम्बन्ध विस्तार गर्न छलफलका लागि अमेरिका पुगेका कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद अल अत्तियाहले आफ्नो देशको अमेरिकी बेस क्याम्प बढाउने अल जजिराले लेखेको छ।

कतारमा रहेको अमेरिकी हवाई सैन्य केन्द्रको “अल उदेइद” बेसमा थप दुई सय सैनिक तथा तिनका परिवार थप्ने मन्त्री अत्तियाहले बताएका हुन्।बेसमा हाल दस हजार अमेरिकी सैनिक तैनाथ छन्।

मध्यपूर्व क्षेत्रमा कतार बाट गरिने सैन्य परिचालन को मुख्य केन्द्र अल उदेइद बेसलाई मानिन्छ।यहाँ बाट अफगानिस्तान, इराक र सिरिया परिचालन हुने ८० प्रतिशत भन्दा बढी युद्ध विमानमा तेल भर्ने गरिन्छ।

सन् १९९१ मा भएको खाडी युद्ध पछि दुबै पक्षको रक्षाका लागि कतार र अमेरिका बीच सैन्य सहकार्य सन्धिमा हस्ताक्षर भएको थियो।त्यसपछि सन् २००३ मा साउदी अरेबियामा सुल्तान अमेरिकी बेस क्याम्पको स्थापना भएपछि अमेरिकी सैनिक कतार आएको हो।कतारमा भएको अल उदेइद क्याम्पमा अमेरिकी सँगै बेलायत तथा अन्य देशका सैनिकहरू पनि बस्ने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button