१५२ वर्ष पछि आज खग्रास चन्द्रग्रहण लाग्दै

आज खग्रास चन्द्र ग्रहण लाग्दैछ । कतारी समय अनुसार आज बुधबार साँझ ५ बजेर १७ मिनेट देखि भोलि बिहान ६ बजेर ५० मिनेट सम्म चन्द्रमा हेर्न सकिने कतार क्यालेण्डर हाउसले जनाएको छ । यो ग्रहण कतार सँगै नेपाल लगायत भारत, चीन मंगोलिया, जापान, मलेसिया, ताईवान, न्युजिल्याण्ड, अष्ट्रेलिया, युरोप, रसिया, अलस्का र अफ्राकाका केही देशहरुबाट समेत देख्न सकिने जनाइएको छ ।
खग्रास ग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ । तर ‘ब्लु ब्लड मुन’ भनेर भने पनि त्यस दिन चन्द्रमा निलो भने देखिने होइन । खग्रास चन्द्र ग्रहण हुँदा रङ रातो हुन्छ।

‘सुपर मुन’
पूर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक चन्द्रमा आयो भने त्यसलाई सुपर मुन भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदा पर्ने पूर्णिमाको रात ‘माइक्रो मुन’ भन्दा चौध प्रतिशतसम्म ठूलो र तीस प्रतिशतसम्म उज्यालो हुन्छ ।
जनवरी १ तारिख भएको पूर्णिमाको दिन पनि ‘सुपर मुन’ थियो । अंग्रेजी पात्रोअनुसार दोस्रोपटक जनवरी ३१ अर्थात् माघ १७ गते सुपर मुन हुनेछ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७.३३२ दिन लाग्छ भने साढे २९ दिनमा पूर्णिमा पर्छ । चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्छ।
त्यस दिन चन्द्रमा अघिपछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् । अंग्रेजी पात्रोअनुसार महिनामा दुईपटक पूर्णिमा परे त्यसलाई पश्चिमा खगोलशास्त्रीले ‘ब्लु ब्लड मुन’ भन्दै आएका छन् । चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो।
यस्ता छन् ग्रहण सम्बन्धी तत्थ्यहरु
–चन्द्रग्रहण एक्काइसौ शताव्दिमा जम्मा पचासी वटा चन्द्रग्रहणहरु पर्ने देखिन्छन् ।
–यो चन्द्रग्रहण लाइ ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ ।
–कतारमा चन्द्रग्रहण साझ ५ः १७ बाट देखिन्छ ।
–ग्रहणको समाप्ति राति ८ः ५६ मा हुनेछ ।
–यो ग्रहण कतार लगायत नेपाल, भारत,चीन मंगोलिया जापान, मलेसिया, ताइवान, न्युजिल्याण्ड, अष्टेलिया, अफ्रिका पूर्वी देशहरु, यूरोप, रसिया, तथा अलास्काबाट देख्न सकिन्छ भने व्राजिल चिली तथा पश्चिमी अफ्रिकाका मुलुकहरुमा बसोवास गर्ने मानिसहरुले यो ग्रहणको अनुभव लिन पाउने छैनन् । यसै नाङ्गो आखाले जो कोहिले पनि हेर्न सकिनेछ।
–यसैवर्ष अर्को खग्रास चन्द्रग्रहण श्रावण ११ गते शुक्रवार राति पनि लाग्दैछ ।
–यदि तपाई धार्मिक हुनुहुन्छ र धर्ममा विश्वास गर्नुहुन्छ भने धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको नेपाली समितिले जनाएको छ ।
यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको कतार क्यालेण्डर हाउसले जनाएको छ ।
यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको हाउसले बताएको छ ।