कतार स्टार्स लिगको उपाधि दुहेल क्लबले जित्यो

अल दुहेल क्लबले यो सिजनको कतार स्टार्स लिगको उपाधी जितेको छ । जनौब स्टेडियममा हिजो भएको अन्तिम खेलमा अल अह्लिलाई १-० ले हराएपछि दुहेलले लिगको शिर्ष स्थान हात पार्न सफल भयो ।
पुरै खेल दुहेलको कब्जामा हुँदा स्ट्राइकर पाउलो एडमिलसनले फ्रिकिक मार्फत खेलको २४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
अल दुहेलको भन्दा एक गोलले मात्र पछि रहेको अल रेयानले अघिल्लो खेलमा अल वक्रा विरूद्ध २-० गोलको जीत निकालेपनि हिजो उत्कृष्ट प्रदर्शन गर्न सकेन ।
जम्मा २२ खेल मध्ये दुई खेल मात्र हारेको दुहेलले ४ खेल बराबरी खेल्दा १६ खेल जितेको थियो । यता अल रयानले १४ जीत, ६ बराबरी र एक खेल हारेको थियो । त्यस्तै १४ पटक उपाधी जितिसकेको अल साद्दले यो सिजनमा तेस्रो स्थानमै चित्त बुझायो ।
१२ टिमले सहभागिता जनाएको प्रतियोगितामा यो वर्ष शाहानिया र अल खोर क्लब रेलिगेसनमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो