वकुदको पेट्रोल स्टेसनमा अब बैंक कार्ड चल्ने

देशभर रहेको वकुद पेट्रोल स्टेशनहरुमा हरेक बैंकको डेबिट/क्रेडिट कार्ड मार्फत तेलको पैसा तिर्न सकिने भएको छ।ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कतार आयल (वकुद) ले आज बाट लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।यसअघि पैसा बाट मात्रै तेलको भुक्तानी हुन्थ्यो।
कार्ड भुक्तानी सेवा वकुदले कतार नेसनल बैंक संगको सहकार्यमा अघि ल्याएको हो।त्यस्तै तेलको बढ्दो माग धान्न कम्पनीले पेट्रोल स्टेसन अझै थप्ने बताएको छ।स्टेसनमा तेल भर्ने सुविधा सँगै अटो केर,गाडी धुने सुविधा लगायत सिद्राको सुविधा युक्त पसल पनि रहेको छ।