ट्याक्सी भाडा बढ्यो

सार्वजनिक यातायात वितरक कम्पनी मोवासलतले आफ्नो अन्तर्गतमा पर्ने ट्याक्सीहरुको भाडा दरमा वृद्धि गरेको छ।कम्पनीले फेब्रुअरी १ तारिख बाट नयाँ भाडा दरमा प्रविधि सेवा एक रियाल सहित न्यूनतम भाडा दर ११ रियाल बनाएको छ।

कम्पनीले ट्विटर मार्फत जारी गरेको नयाँ भाडा दर अनुसार न्यूनतम भाडा १० रियाल र त्यसमा नयाँ प्रविधि सेवा सहित ११ रियाल रहेको छ।त्यस्तै मिटर अनुसार चल्ने ट्याक्सीको भाडा दरमा न्यूनतम शुल्क ४ रियाल रहेको छ। त्यसपछि दोहा भित्र दिनको समयमा प्रति किलोमीटर १.६ रियाल,रातको समयमा प्रति किलोमीटर १.९ रियाल रहेको छ।त्यसैगरी दोहा बाहिरको क्षेत्रमा रात र दिनको समयमा प्रति किलोमीटर १.९ रियाल रहेको छ।
कम्पनीले एयरपोर्ट साइडको भाडादर भने यथावत राखेको छ।हाल एयरपोर्ट बाट न्यूनतम भाडादर २५ रियाल रहेको छ भने कुर्नुपर्ने अवस्थामा प्रति पन्ध्र मिनेटको ८ रियाल रहेको छ।साथै फोन बाट गरिने बुकिङमा दोहा वरपर न्यूनतम भाडा ४ रियाल बाट ५ रियाल बनाइएको छ।त्यस्तै दोहा देखि एयरपोर्ट सम्मको न्यूनतम भाडा ८ रियाल भएको छ।