ओरेडो बाट निशुल्क बोनस डाटा,मिनेट पाउनुभयो ?

ओरेडो एप्प डाउनलोड गर्ने दस लाख भन्दा बढी ग्राहकहरु पुगेको अवसरमा टेलिकम कम्पनी ओरेडोले निशुल्क बोनस डाटा,लोकल तथा अन्तराष्ट्रिय कल र एसएमएसको प्रोमोसन शुरू गरेको छ।

कम्पनीले दिएको निशुल्क प्रोमोसन एप्प डाउनलोड गर्ने नयाँ तथा पुराना ग्राहकहरुको लागि हरेक दिन हिजो बाट आउँदो फेब्रुअरी १० तारिख सम्म रहेको छ।त्यसका लागि एप्प भित्र गएर “फ्री बोनस” बटनमा थिच्नुपर्नेछ।बोनस एक्टिभ गरेको दिनको मध्यरात सम्म प्रयोग गर्न सकिनेछ।

सन् २०१३ बाट सञ्चालन भएको ओरेडो एप्प एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ।एप्प बाट ब्यालेन्स चेक गर्न,हाल्न,समस्या दर्ता गर्न लगायत अन्य थुप्रै सुविधाहरु प्रयोग गर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button