फुटपाथ पसल राख्न पाइने

अर्थ तथा वाणिज्य मन्त्रालयले फुटपाथ पसलको निमित्त लाइसेन्स दिने घोषणा सँगै फुटपाथ व्यवसायको अवसर बढेको छ।मन्त्रालयले निजी क्षेत्रको विकासमा सहायता गर्न र फुटपाथ पसललाई चाहिने आवश्यक मापदण्डका लागि गरेको पहलको सदुपयोग गर्न यस्तो कदम चलेको पेनिनसुला पत्रिकाले लेखेको छ।

पसलको किसिम
मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार दुई प्रकारको पसल(ठेलागाडा) राख्न पाइनेछ।पहिलो गुड्ने पसल जुन विभिन्न स्थानमा सेवा प्रदान गर्ने किसिमको हुनुपर्नेछ।त्यस्तै यस्तो दुई पसल बीचको दूरी २० मीटर भन्दा नजिक हुनुहुँदैन।
त्यस्तै दोस्रो किसिमको पसल भने एकै स्थानमा निश्चित भएर बस्ने किसिमको हुनुपर्नेछ।साथै यसको लम्बाई दुई मिटर र चौडाइ १.५ मीटर भन्दा बढी हुनुहुँदैन।यी दुवै किसिमको पसल बाट चिसो,तातो खानेकुरा पिय पदार्थ,फलफूल तथा तरकारी बिक्री गर्न पाइनेछ।
आवश्यक मापदण्ड
१.एउटै पसलमा एक भन्दा बढी कामदार भएको स्थितिमा ती दुवै कामदारको छुट्टाछुट्टै लाइसेन्स हुनुपर्नेछ।
२. लाइसेन्स प्राप्त गर्न आचरण सर्टिफिकेट,स्वास्थ्य रिपोर्ट र स्पोन्सर(कम्पनी/व्यक्तिगत)को अनुमति पत्र अनिवार्य हुनेछ।
३.स्थायी रुपमा बस्ने पसलको लागि सम्बन्धित मन्त्रालयको कर्मचारी बाट अनुमति हुनुपर्नेछ।
४.पसल मुख्य सडक,सिग्नल र ट्राफिक अवरोध गरी राख्न पाइनेछैन।
५.पसल विद्यालय,मस्जिद,अस्पताल र मन्त्रालयले तोकेको स्थानको प्रबेशद्वारमा राख्न पाइनेछैन।