आफ्नो पेकार्डको पैसा सिधै नेपाल कसरी पठाउने ?

चार हजार रियाल भन्दा कम तलब भएका कामदारको लागि कतार सरकारले नयाँ श्रमिक कानुन अन्तर्गत अनिवार्य रुपमा बैंकिङ प्रणाली मार्फत तलब भुक्तानी गर्नुपर्ने नियम लगाएको थियो।त्यसै अन्तर्गत हरेक महिना कामदारलाई कमर्सियल बैंकले प्रदान गरेको पेकार्ड (निलो स्यालरी कार्ड) मा तलब जम्मा हुनेगर्दछ।न्यूनतम तलब कम भएका कामदारको सुविधालाई मध्यनजर गर्दै कमर्सियल बैंकले झण्डै एक वर्ष अगाडि एक्सप्रेस मनी सँगको सहकार्यमा मोबाइल बैंकिङ सुचारु गरेको थियो।
यस मोबाइल बैंकिङ मार्फत जम्मा १० रियाल सेवा शुल्कमा नै आफ्नो देशमा आकर्षक दरमा पैसा पठाउन सकिन्छ।यो सेवा मार्फत कोठा बाट एटिएम सम्म आएर,लाइन बसेर फेरि बैंकमा गएर पैसा पठाउन पर्ने झन्झट बाट छुटकारा पाउन सकिन्छ।

मोबाइल बाट कसरी पठाउने पैसा ?
१.एप्प डाउनलोड गर्नुहोस्
आफ्नो मोबाइलको प्ले स्टोर वा एप्पल स्टोरको सर्च बटनमा गई “CBQ” लेखेर एप्प डाउनलोड गर्नुहोस्।
२.दर्ता गर्नुहोस्
कतारी आईडी नम्बर र आफ्नो पेकार्डको लागि प्रयोग भएको मोबाइल नम्बर हालेर दर्ता गर्नुहोस्।स्वतः एक्टिभ हुनेछ,नभए एसएमएस मार्फत आएको ६ वटा नम्बरको पिन हाल्नुहोस्।यो एप्प डाउनलोड गरे पश्चात पहिलो पटक मात्र गर्नुपर्नेछ।
३.लगइन गर्नुहोस्
३.आईडी नम्बर र पेकार्डको पिन नम्बर हालेर लगइन गर्नुहोस्।स्वतः एक्टिभ हुनेछ नभए एसएमएस मार्फत आएको ६ वटा नम्बरको पिन हाल्नुहोस्।
४.ट्रान्सफर बटन थिच्नुहोस्।
५.पैसा पाउने व्यक्तिको विवरण दर्ता गर्नुहोस्
पैसाउने व्यक्तिको नाम, सम्पर्क नम्बर,दुई वटा ठेगाना,बैंकको नाम वा बैंकिङ एजेन्टको ठेगाना सँगै खाताको विवरण दर्ता गर्नुहोस्।(६ वटा नम्बरको पिन एसएमएस मार्फत आउनेछ)

६.आफूले पठाउन चाहेको रकम भरेर “मेक ट्रान्सफर” बटन थिच्नुहोस्।पैसा झिक्ने बैंकको विवरण हेर्नुहोस।

७.पैसा पठाउन जम्मा १० रियाल सेवा शुल्क लाग्नेछ।
८.आफ्नो पिन नम्बर गोप्य राख्नुहोस।
भिडियो हेर्न यहाँ थिच्नुहोस् ।