बिज्ञापन

१२ करोड खर्च गरेर सलमान खानलाई नेपाल ल्याँईदै

बलिउड चर्चित अभिनेता सलमान खान फागुन अन्तिम साता नेपाल आउँदै छन् । सन् १९९४ मा पहिलो पल्ट नेपाल आएका सलमान दुई दशकको अन्तरालपछि आउन लागेका हुन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘दबंग द टुर’ नामक कार्यक्रममा सहभागी हुनको लागि नेपाल आउन लागेका हुन् ।

फागुन २६ गते राजधानीको टुँडिखेलमा हुने उक्त कार्यक्रममा उनको सहभागिता हुनेछ । सलमानको सांगीतिक कार्यक्रम फागुन २६ मा टुँडिखेलमा हुनेछ । आयोजक ओडिसीले कार्यक्रममा सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास व्यक्त गरेको छ । ‘सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुनेछ । कार्यक्रमका लागि १२ करोड रुपैयाँ बजेट छुट्याएको आयोजकले जनाएको छ ।

Image result for dabang the tour nepal

‘दबंग द टुर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन् । उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन् । सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछन् ।

यस्तो छ तालिका

सलमानलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेको आयोजकले जनाएको छ । सञ्चारमाध्यमलाई पासको व्यवस्था गरिएको छ ।

सलमान फागुन २५ गते नेपाल आउनेछन् । जेट एयरलाइन्सको विमानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछ । सलमान तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन्, त्यो भने बताइएको छैन । उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान ११ मार्चमा मुम्बई फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button