खुला नकआउट फुटबल प्रतियोगिता हुने

रेड्को ब्वाइजको आयोजनामा कतारको राष्ट्रिय खेलकुद दिवस फेव्रुअरी १३ तारिखको दिन खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। दुखान राेडमा अवस्थित ग्रीन लाईन लेबर क्याम्पको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। उक्त प्रतियोगिताको लागि इच्छुक टिमले फेब्रुअरी ९ तारिख भित्र दर्ता गराईसक्नुपर्ने जानकारी आयोजकले पक्षले दिएको छ। टिम दर्ता शुल्क जम्मा ३०१ रियाल रहेको छ।दर्ता गर्न र थप जानकारीको लागि ७०६५६७५६ र ६६७१८९४० मा सम्पर्क गर्न सकिनेछ।
