नेपाल र लेबनानको खेल बराबरीमा

कतार फुटबल एसोसिएसनद्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले लेबनान सँग बराबरी खेलेको छ। दोहा स्पोर्ट्स स्टेडियममा हिजो भएको खेलमा नेपाल र लेबनान बीच २-२ को बराबरी भएको हो।
खेलेको पहिलो मिनेटमा गणेश खड्काको पासमा राकेश सापकोटाको पहिलो प्रयास विफल भएपनि १८ औं मिनेटमा पाएको कर्नर बललाई राकेशले गोलमा परिणत गरे।लेबनानले पहिलो हाफको २५ औं मिनेटमा गोल फर्काएको थियो।त्यस्तै खेलको २७ औं मिनेट शिव श्रेष्ठको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमै शिव श्रेष्ठको पासमा अर्जुन सुब्बाले गोल गर्दै नेपाललाई २-१ को आग्रता दिलाएका थिए।प्रतियोगिताकै बलियो मानिएको लेबनान भन्दा राम्रो खेलेको नेपाली टिमले अन्तिम ५ मिनेट रोक्न नसक्दा लेबनान सँग १-१ अंक बाड्न बाध्य भयो। लेबनानले अन्तिम मिनेटमा पाएको कर्नरमा गोल गरेको थियो।
हिजोको खेलमा नेपाली डिफेन्डरको प्रदर्शन उत्कृष्ट रहेको थियो। खेलमा नेपालका अर्जुन सुब्बा म्यान अफ द म्याच भए।नेपालको आगामी खेल अर्को हप्ता सिङ्गापुर सँग साँझ ८ बजे बाट दोहा स्पोर्ट्स क्लबमा हुँदैछ।