आज २७३ जनाको रिपोर्ट पोजेटिभ,थप २ को मृत्यु

स्वास्थ्य मन्त्रालयले बुधबार २७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २४६ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१०,१५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार  पछिल्लो २४ घण्टामा ५,५०५ जनालाई परिक्षण गरिएको थियो ।

भाइरसको कारण आज पनि २ जनाको मृत्यु भएको छ । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १६९ रहेको छ र निको हुनेको संख्या १,०६,८४९ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ३४ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ४७० जना

आईसीयुमा भर्ना भएका – ८ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – ९७ जना

आज सम्म जाँच भएको संख्या – ४,८७,४३५ जना

निको हुन बाँकीको संख्या : ३,१३५ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button