काठमाडौं-दोहाको आजको उडान रद्द

नेपाल वायुसेवा निगमका दुई न्यरोबडी र एउटा वाइडबडीसहित तीनवटा जहाज एकैसाथ ‘ग्राउन्डेड’ हुँदा दोहा-काठमाडौंको दुईतर्फी उडान रद्द भएको छ ।

एयरलाइन्सले ईमेल मार्फत अर्को सूचना जारी नहुन्जेलसम्म उडान रद्द भएको जनाएको छ । तीन दिनयताका आधा दर्जन गन्तव्यमा उड्नुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा २ हजार यात्रु अलपत्र परेको छन् ।

निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट क्षमताका दुइटा एयरबसका ए३२० न्यरोबडी र २ सय ७४ सिट भएका दुइटा एयरबसका ए३३० वाइडबडी विमान गरी चारवटा जेट छन् । तर एक सातायता निगमका तीनवटा विमान पटकपटक बिग्रिए । चीनमा सीचेक सकिएको सगरमाथा न्यरोबडी भुक्तानीमा समस्या सृजना हुँदा एक सातादेखि उतै थन्किएको छ । अर्को लुम्बिनी न्यरोबडी अगाडिको पाङ्ग्रामा समस्यादेखिएपछस तीन दिन साउदीअरबको दमाममा थन्किएको थियो । त्यहाँको साउदी एयरलायन्सको सहायतामा मर्मत गरेर मंगलबार बिहान काठमाडौंमा अवतरण भएको त्यो विमानमा पुन: समस्या देखिएपछि निगमले विमानस्थलमा रहेको मर्मतशालामा राखेको छ । निगमका प्राविधिकले यो विमान काठमाडौंमा मर्मत गर्न नसकिने जनाउँदै बिहीबार दिल्ली पठाउने जनाए ।

त्यस्तै मंगलबार बेलुकी वाइडबडी अन्नपूर्ण दिल्लीमा नियमित जाँचका कारण रोकियो । बुधबार बिहान दिल्लीबाट मर्मत गराएर ल्याइएको वाइडबडीमा इन्धनसम्बन्धी एकासी नयाँ समस्या देखिएपछि पुन: ग्राउन्डेड गरिएको छ । ‘अब निगमसँग एउटामात्रै वाइडबडी उडानमा छ । बुधबार बिग्रिएको वाइडबडी बिहीबारसम्म मर्मत गरेर उडाउने योजना छ । यसको स्पेयर पार्ट यूकेबाट झिकाइएको छ,’ मर्मतमा संलग्न एक इन्जिनियरले भने ।

निगमका उडान रद्द हुन थालेपछि काठमाडौं सेक्टरमा/बाट उडान गर्ने विदेशी वायुसेवाले टिकटको मूल्य बढाएर यात्रुलाई ठग्न थालेको

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
15
रीस उठ्यो
Back to top button