भोलि कहाँ के-के कार्यक्रम हुँदैछ त ?

एस्पायर जोन

विश्वस्तरीय भित्री तथा बाहिरी खेल सुविधा एस्पायर जोनमा संभवतः देशकै सबैभन्दा ठूलो कार्यक्रम आयोजना हुँदैछ।यहाँ भोलि बच्चा देखि वृद्ध सम्मका लागि हुनेगरी खेलहरु आयोजना गरिँदैछ।

बाहिरी कार्यक्रम :

१. फन रन : बिहान ६:३० देखि ११ बजे सम्म ।

२.बालबालिका कार्यक्रम :बिहान ९ देखि दिउँसो ३ बजे सम्म।

३.डड्ज बल : बिहान ९ देखि दिउँसो १ बजे सम्म।

४.जापानिज केन्दो ; बिहान ९ देखि १२ बजे सम्म।

५.नोर्डिक वाल्क : बिहान ११ देखि १ बजे सम्म।

भित्री कार्यक्रम ( एस्पायर डोममा)

.च्यालेन्ज दि च्याम्पियन : बिहान १० देखि बेलुका ४ बजे सम्म।

२.फुटबल प्रदर्शन तथा विज्ञान क्रियाकलाप : बिहान १९ देखि बेलुका ४ बजे सम्म।

३. टिम च्यालेन्ज : बिहान १० देखि बेलुका ३ बजे सम्म।

४.फुटबल प्रतियोगिता :बिहान ९ देखि १२ बजे सम्म।

कतारा

कतारा ले पनि भोलि विभिन्न कार्यक्रमहरू आयोजना गरी खेलकुद दिवस मनाउँदैछ।जम्मा ६२ गतिविधिहरुको  कार्यक्रमहरू यस्ता छन्।

१. रेस्लिङ म्याच(गेट १९,२०) : बिहान ८ देखि बेलुका ६ बजे सम्म ।

२.बास्केट बल प्रतियोगिता : बिहान ८ देखि ६ बजे सम्म।

३.टेनिस(गेट ३,४) : बिहान ८ देखि बेलुका ६ बजे सम्म।

४.ह्याण्ड बल (कतारा बिच) : बिहान ८ देखि बेलुका ६ बजे सम्म।

५.साइकल दौड (बिल्डिंग १२) : बिहान ८ देखि बेलुका ६ बजे सम्म। ट्राईथलन : बिहान ७:३० देखि ११:३० सम्म।

.कतारा फर्जन बिच प्रतियोगिता(कतारा बिच) : बिहान ८ देखि बेलुका ६ बजे सम्म।

७.हवाई तथा जल प्रदर्शनी(गेट ११) : बिहान८ देखि १२ बजे सम्म।

८.भलिबल प्रतियोगिता(गेट १२,१३): बिहान ८ देखि बेलुका ६ बजे सम्म।

 कतार फाउन्डेसन

खेलकुद दिवसको अवसर पारेर कतार फाउन्डेसनले झण्डै ५० बढि गतिविधिहरु आयोजना गर्दैछ।

१.र्याली(एजुकेसन सिटी) : बिहान ८ बजे ।

२.साइकल म्याराथुन ४० र ५० किलोमीटर।

३. दि च्यालेन्ज(अल शकव) : बिहान ९ देखि ४ बजे सम्म।

म्युजियम अफ इस्लामिक आर्ट्स पार्क

यो वर्ष एमआईए पार्कमा ओरेडोको आयोजनामा विभिन्न खेलकुद गतिविधिहरु हुँदैछ।

मल अफ कतार

कतारको खेलकुद दिवसको अवसरमा मल अफ कतारले आयोजना गर्ने कार्यक्रमहरू

१.योगा क्लास (अल रय्यान होटल)

२. फेन्सिङ (लक्जरी कोर्ट)

३.बास्केट बल प्रतियोगिता (पूर्वी गेट नम्बर १)

४.जुम्बा लगायत अन्य(पूर्वी गेट ३)

एसियन टाउन,सनैया

आई बी एन अजयान प्रोजेक्टको आयोजनामा भोलि ग्रान्ड मल सँगै रहेको एसियन टाउन मा बास्केटबल, भलिबल,टग अफ वार, कार शो लगायत अन्य थुप्रै गतिविधिहरु आयोजना हुँदैछ।

तपाईं पनि केही कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ की ?

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button