कतारमा भाइरस : आज सम्म ९० हजार बढीलाई निको भयो

स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा ५३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १,८०४ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ९९,१८३ पुगेको छ ।
भाइरसको कारण आज २ जनाको ज्यान पनि गएको छ ।स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,८७६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १२३ रहेको छ र निको हुनेको संख्या ९०,३८७ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ६३ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ७३५ जना
आईसीयुमा भर्ना भएका – १० जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १७६ जना
आज सम्म जाँच भएको संख्या – ३,७६,८८१ जना
निको हुन बाँकीको संख्या – ८६७३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
भाइरस जाँच्न हुने मुख्य चार स्थानहरु :
१. मुऐथर हेल्थ सेन्टर
२. रव्दत अल खेल हेल्थ सेन्टर
३. उम स्लाल हेल्थ सेन्टर
४. अल घराफा हेल्थ सेन्टर