आज फेब्रुवरी १३ तारिख। मंगलबार। फागुन १ गते। महाशिवरात्रि

अंग्रेजी मितिः इश्वी सन् २०१८ फेब्रुवरी १३ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन १ गते। मंगलबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– त्रयोदशी, २२:५० बजेउप्रान्त चतुर्दशी। नक्षत्र– उत्तराषाढा, २९:२३ बजेउप्रान्त श्रवण। योग– सिद्धि, १५:२२ बजेउप्रान्त व्यतीपात। करण– गर, ९:४८ बजेदेखि वणिज, २२:५० बजेउप्रान्त भद्रा। आनन्दादिमा मानस योग। चन्द्रराशि– धनु, ९:३० बजेउप्रान्त मकर।
दोहामा सूर्योदयः ०६:१० बजे र दोहामा सूर्यास्तः १७:२६ बजे हुनेछ ।
राहुकालः १४:३५ देखी १५:५९ बजे सम्म । शुभ मुहूर्त : १४:३५ देखी १५:५९ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २८ डिग्री र न्युनतम तापक्रम १७ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ २१ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।