आज फेब्रुवरी १४ तारिख। बुधबार। फागुन २ गते

अंग्रेजी मितिः इश्वी सन् २०१८ फेब्रुवरी १४ तारिख। नेपाली मितिः वि.सं. २०७४ साल फागुन २ गते। बुधबार। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्दशी, २४:४४ बजेउप्रान्त औंसी। नक्षत्र– श्रवण, ३१:४१ बजेउप्रान्त श्रवण। योग– व्यतीपात, १५:४७ बजेउप्रान्त वरियान्। करण– भद्रा, ११:४९ बजेदेखि शकुनि, २४:४४ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मकर।
दोहामा सूर्योदयः ०६:०९ बजे र दोहामा सूर्यास्तः १७:२५ बजे हुनेछ ।
राहुकालः ११:४८ देखी १३:११ बजे सम्म । शुभ मुहूर्त : १०:२५ देखी ११:४८ बजे सम्म
दोहा को मौसम
आज दोहाको उच्च तापक्रम २८ डिग्री र न्युनतम तापक्रम १८ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ १८ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ३४ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १६३.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१५३.०० कतारी रियाल रहेको थियो ।