विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीको हृदयघातका कारण निधन

चितवन,कात्तिक १०-

चितवन, नवलपुरमा सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन भएको छ । गैंडाकोटस्थित सामुदयिक रेडियो विजय एफ.एमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको हो ।

सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ । क्षेत्रीको आइतबार (आज) देवघाटमा अन्त्येष्ठी गरिने परिवारले जनाएको छ । पत्रकार महासंघ चितवनका सदस्य समेत रहेका माडी निवासी क्षेत्रीको निधनले पत्रकारिता क्षेत्रले एक होनाहार युवा गुमाएको छ । पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले क्षेत्रीको निधनले चितवनको पत्रकारिता क्षेत्रमा अपुरणिय क्षेति पुगेको बताउनुभयो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button