आज नेपाल र सिंगापुर भिड्दै

कतार फुटबल एसोसिएसन (क्युएफए) को आयोजनामा भइरहेको छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो चौथौ खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ।खेल दोहा स्पोर्ट्स स्टेडियममा बेलुका ८ बजे बाट शुरू हुँदैछ।खेल हेर्न प्रवेश निशुल्क रहेको छ।
जारी प्रतियोगितामा नेपालले बंगलादेश र जापानलाई २-० गोल अन्तरले हराउन सफल भएको छ।त्यस्तै नेपाली टिमले गत बिहीबार लेबनान सँग २-२ को बराबरी खेलेको थियो।समूह ‘बी’ मा रहेको नेपाली टिम ७ अंकका साथ दोश्रो स्थानमा छ।समूहमा लेबनानको ७ अंकै भएपनि गोल अन्तरको आधारमा पहिलो स्थानमा रहेको छ।
नेपालले गत वर्ष सेमिफाइनलमा सम्मको यात्रा तय गरेको थियो।सेमिफाइनलमा नेपाल लेबनान सँग ६-० गोल अन्तरले हारेको थियो।प्रतियोगिताको पाँचौं संस्करण जोर्डनले जितेको थियो।
प्रतियोगितामा उपाधि चुम्ने लक्ष्यका साथ आएको नेपाली टिमले यस पटक खेलाडी छनौट समेत गरेको थियो।संजीव वाइवा बाट प्रशिक्षण पाइरहेको नेपाली टिममा हाल कप्तान शिव श्रेष्ठ,अर्जुन सुब्बा,अनिल धिमाल,इन्द्र जंग लिम्बू, मिलन थापा,भक्त भण्डारी,पासाङ शेर्पा,दावा लामा, विकेश भण्डारी, पवन नापित,दीपक सुनार,गणेश खड्का र भरत धिताल लगायतका खेलाडी समावेस छन्।खेल नेपाली फुटबल टिम,कतार ले प्रतक्ष्य प्रसारण गर्नेछ।