पत्रकार सम्मेलन बाट आज भएका निर्णयहरु

आज थप १२ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५४९ पुगेको छ । त्यस्तै अहिले सम्म ४३ जना निको भएर घर फर्केका छन् । आज सम्म १३६८१ को जाँच भएको छ ।
कतारमा कोरोना भाइरस बारे पछिल्लो जानकारी दिन विपत्ति व्यबस्थापन समितिका प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले अहिले ९ बजे पत्रकार सम्मेलन गर्नुभएको छ । सम्मेलनको कतार टेलिभिजन र अल रेयान च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।
कोरोना भाइरस रोकथामका लागि पत्रकार सम्मेलन बाट गरिएको निर्णयहरु यस्ता छन् :
- भाइरस लागेका बिरामी लुकाए कानून बमोजिम कारबाही हुने ।
अमिर शेख तामिम बिन हामाद अल थानीले जारी गर्नुभएको यस २०२० को कानून नम्बर ९ उल्लङ्घन गरे तीन वर्ष जेल सजाय वा दुई लाख रियाल अथवा दुवै हुन सक्नेछ ।
- यसअघि खुल्न दिईएका पसलहरु बेलुका ७ बजे भित्र बन्द गरिसक्नुपर्ने ।
- क्याफे,ट्युशन सेन्टर,मनोरन्जन सेवा केन्द्र, बिबाह तथा ईभेन्ट आयोजना पसल लगायतका हाललाई अनावश्यक पसलहरु भोलि बाट बन्द गरिने ।
- कतार आगमन भिसामा आएर अलपत्र परेकालाई एक महिना भिसाको म्याद बढाईने । भिसा मन्त्रालयको वेबसाईट वा मेट्राश २ एप बाट बढाउन सकिने ।
- मोबाइल एप बाट घर पैसा पठाउदा शुल्क नलाग्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो