कुहिरोको समयमा सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु

कुहिरोको समयमा सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु
१.अत्यावश्यक अवस्थामा मात्र सवारी चलाऔ
यस्तो समयमा सवारी चाप बढी हुनेभएकोले सकेसम्म सवारीको प्रयोग नगर्दा नै बेस हुनेछ । चलाउनै परेको अवस्थामा कम गतिमा वा धैर्यताका साथ चलाउनुहोस ।
२.बाटोमा ध्यान दिनुहोस
कम प्रत्यक्षता र सवारी चाप बढी हुने भएकोले बाटामो ध्यान दिन उचित हुनेछ । मोबाईल फोनमा व्यस्त हुँदा दुर्घटना हुने खतरा बढी हुन्छ ।
३.ठुलो हेडलाईटको प्रयोग नगर्नुहोस
कुुहिरोको बेला पानीको थोपाले प्रकाश आफैतिर फर्कने गर्दछ त्यसैले सानो हेडलाइट प्रयोग गर्दा बेस हुनेछ । कुहिरोको बेला बाल्ने लाइट प्रयोग गर्दा अझ बेस हुनेछ ।
४.हिटर चलाउनुहोस
मौसम चिसो हुनेभएको कारण हिटर प्रयोग गर्दा बाहिरको प्रत्यक्षता बढी देखिन्छ ।
५.सडकको लेन नबदल्नुहोस
प्रत्यक्षता कम भएको बेला सडकको लेन बदल्दा दुर्घटना हुने खतरा बढ्दछ । लेन नबदल्न सडकको बाँया पट्टी रहेको सेतो धर्का पछ्याउनुहोस ।
६.अर्को सवारीको आवाज सुन्नुहोस
सवारी भित्र बढी आवाजमा गाना बजाउँदा वा सवारी तीब्र गतिमा कुदाउँदा नजिकको सवारी बाट आएको आवाजमा ध्यान नजान सक्छ । त्यसैले प्रत्यक्षता कम भएको बेला नजिकको सवारीे प्रति बढी ध्यान दिनपर्नेहुन्छ । सवारीको झ्याल केही खोल्नुहोस ।
७.वाइपरको प्रयोग गर्नुहोस साथै सवारी कम्तिमा १ मिटर दुरीमा राख्नुहोस ।
८.सडकको बिचमा सवारी नरोक्नुहोस
व्यस्त सडकको बिचमा सवारी रोक्दा पछाडी बाट आउने सवारीले नदेख्न सक्छ । रोक्नै परेमा सडकको किनारमा हुने पार्किङ्ग एरियामा रोक्नुहोस ।