गत वर्ष सडक दुर्घटनामा परी १७७ जनाले ज्यान गुमाए

कतार ट्राफिक विभागले आज एक पत्रकार सम्मेलन आयोजना गरी सन् २०१७ को ट्राफिक तथ्याङ्क सार्वजनिक गरेको छ।विभागले जारी गरेको तथ्याङ्क अनुसार गत वर्ष सामान्य घाइते ६०६१,गम्भीर घाइते ७४३ र ज्यान गुमाउनेको संख्या १७७ जना रहेको छ।ज्यान गुमाएका मध्ये क्रमश ५६ चालक,२३ यात्रु र ३२ प्रतिशत पैदल यात्रु रहेका छन्।सन् २०१६ मा जम्मा ६१४०८७२ दुर्घटना मध्ये १७८ जनाले ज्यान गुमाएका थिए।

पछिल्लो वर्षहरू भन्दा गत वर्ष सवारी दुर्घटना ४.२ प्रतिशतले घटेको छ।गत वर्ष २४०३३३ सडक दुर्घटना मध्ये ९७.५ प्रतिशत बिना घाइतेको दुर्घटना भएको तथ्याङ्कमा प्रस्तुत गरिएको छ।त्यस्तै कतारमा दुर्घटना बाट मृत्यु हुने तथ्याङ्क १००००० प्रति व्यक्तिको ५.४ प्रतिशत रहेको छ। यो विश्वको तथ्याङ्क अनुसार ६९ प्रतिशतले न्यून हो।

गत वर्ष कतारमा सवारी ५ प्रतिशतले वृद्धि भएको थियो।२०१६ को तुलनामा गत वर्ष दुर्घटनामा परी सामान्य घाइते हुनेमा १.३ प्रतिशत,गम्भीर घाइते १४.८ प्रतिशत र ज्यान गुमाउनेमा ०.८ प्रतिशतले गिरावट आएको छ।साथै गत वर्ष विभागले ट्राफिक जागरण,सडक ट्राफिक नियन्त्रण,चालक दक्षता,सवारी जाँचको विकास,सवारी निरीक्षण लगायतको विषयमा राम्रो सफलता हात पारेको छ।
विभागले आजको सम्मेलन मार्फत जरिवानामा परेका सवारीलाई आफै सँग राख्न पाउने नयाँ सुविधाको शुरुवात गरेको छ।त्यसका लागि चालकले आफ्नो ठेगाना खुलाई विभागको नियन्त्रणमा भने बस्न पर्नेछ।

कार्यक्रममा तथ्याङ्क समीक्षा कार्यालयका प्रमुख ब्रिगेडियर इब्राहिम साद् अल सुलाइती,ट्राफिक विभागका डिजी मोहम्मद साद अल खर्जी र राष्ट्रिय ट्राफिक सुरक्षा कमिटीका सचिव ब्रिगेडियर मोहम्मद अब्दुल्लाह अल मलिकी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।