दुई कम्पनीको महलाई प्रतिबन्ध

कतारको स्वास्थ्य मन्त्रालयले जोर्डनको अल केअाबा र टर्किस कम्पनी थेरमाको मह आयात तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ।
जोर्डनको सो कम्पनी बाट उत्पादन भएको वेल्स गोल्डेन हनीमा भर्देनाफिल र होमो सिल्देनाफिल नामक विषादी र टर्किस कम्पनी बाट उत्पादन भएको इकिमेडिम्ली मकूम महमा सिल्देनाफिल विषादी प्रयोग भएको भेटिएपछि मन्त्रालयले प्रतिबन्ध गरेको हो।

ती दुई कम्पनीले मह उत्पादन गर्दा प्रयोग गरिएका वस्तुको स्टिकरमा सो विषादी बारे उल्लेख गरेका छैनन्।कम्पनीको महमा प्रयोग गरिएका विषादीले स्वास्थ्यमा नकारात्मक असर पर्ने र एलर्जी हुने बिरामीलाई अझ खतरा हुने मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले ती दुई कम्पनीको सामान कतारमा दर्ता नभएको र विभिन्न देश बाट मानिसहरूले व्यक्तिगत रुपमा आयात गरी बेचिरहेको बताएको छ।